२६ कार्तिक २०८३, बिहिबार

गठबन्धनको अनशनमा युवाहरूको बर्चश्व, अनशन १६औँ दिनमा प्रवेश

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ८ असार । संविधान पुनर्लेखनको मागसहित राजधानी केन्द्रित आन्दोलन सुरू गरेको संघीय गठबन्धनले आज १६औँ दिनमा रिले अनशन जारी राखेको छ ।

काठमाडौंको खुलामञ्चमा जारी १६औँ दिनको रिले अनशनको नेतृत्व थरुहट तराई पार्टीका नेता मीनराज चौधरीले गर्नुभएको तराई मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

‘रिले अनशन आज १६औँ दिनमा प्रवेश गरेको छ’, रामसपाका प्रवक्ता झाले भन्नुभयो, ‘अनशनमा युवाहरूको बाहुल्यता छ । उत्साहका साथ हामी सबै सहभागी छौँ ।’

मीनराजका साथै रामसपा प्रवक्ता केशव झा, संघीय समाजवादी फोरम नेपालका आङदेण्डी शेर्पा, सद्भावना पार्टीका राजेश सिंह, तराई मधेस समाजवादी पार्टीका केशव ढकाल, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका विजय यादव, नेपाल सद्भावना पार्टीकी मेनुका कार्की, मुकेश कर्णसहित दुई दर्जन बढी युवाहरूको रिले अनशनमा उपस्थिति रहेको छ ।

अनशनका क्रममा अपरान्ह तीन बजेपछि सांस्कृतिक कार्यक्रम हुनेछ । त्यसपछि गठबन्धनका शीर्ष नेताका साथै ऐक्यवद्धता जनाउने आउने नेताहरूले सम्बोधन गर्ने रामसपा प्रवक्ता झाले जानकारी दिनुभयो ।