३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री स्वास्थ्थ जाँचका लागि असोज ५ गते अमेरिका जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala

काठमाडौं, २८ साउन । प्रधानमन्त्री सुशील कोइराला फ्लोअप स्वास्थ्थ जाँचका लागि असोज ५ गते अमेरिका जाने भएका छन् ।

असोज १० मा राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने भएकाले ५ गतेका लागि चिकित्सकसँग समय लिइएको छ, कोइरालाकी सहयोगी मृदुला कोइरालाले भनिन , पहिला नै लिएको समयमा उहाँ अमेरिका जाने हो, त्यो भन्दा अघि जाने भन्ने हल्ला गलत हो । यसअघि कोइरालाले न्युर्योकसिथत मेमोरियद सेलोन केटरिङ क्यान्सर सेन्टरबाट डिस्जार्ज हुदाँ असोज ५ गतेका लागि फ्लो अपको समय लिएर आएका थिए । साथै प्रधानमन्त्रीले आफू सुतेको नभएर काम गरेको बताएका छन् ।

उनले आफ्नो स्वास्थ्थ अवस्थाबारे सही समाचार सम्प्रेषण गर्न पनि संचारकर्मीहरुसग आग्रह गरे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।