१९ कार्तिक २०८३, बिहिबार

थप एक ‘नक्कली’ डाक्टर लमजुङबाट पक्राउ, केन्द्रमा पठाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nakkli-Doctor-1

लमजुङ, ७ असार । प्रहरीले लमजुङबाट थप एक ‘नक्कली’ डाक्टरलाई पक्राउ गरेको छ ।

लमजुङको राइनास नगरपालिका ३, धमिलिकुवामा रहेको सहोदर अस्पताल प्रालिका सञ्चालक समेत रहेका ३८ बर्षीय डाक्टर शिवराम श्रीमललाई नक्कली प्रमाणपत्र पेस गरी डाक्टर बनेको भन्दै प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले तयार पारेको नक्कली डाक्टरको सूचीमा शिवरामको पनी नाम छ । सीआईबीले शिवरामलाई समात्न निर्देश जारी गरेपछि जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक कमलबहादुर रजौरेको नेतृत्वमा खटिएको टोलीले उनलाई अस्पतालबाटै पक्राउ गरेको हो ।

शिवरामले भारतको विहारबाट सर्टिफिकेट लिएको खुल्न आएको छ । शिवरामलाई आवश्यक अनुसन्धानका लागि केन्द्रमा पठाएको लमजुङका प्रहरी निरीक्षक रजौरेले जानकारी दिए ।