१९ कार्तिक २०८३, बिहिबार

अमेरिकी पेस्तोसहित काठमाडौंमा टोले गुण्डा पक्राउ

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol

काठमाडौं, ७ असार । अमेरिकी पेस्तोसहित राजधानीमा एक जना ‘टोले गुण्डा’ पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजु नयाँपुल नजिकबाट काठमाडौं बनस्थली बस्ने गोरखा हरमी–५ का ३० वर्षीय रणबहादुर ढकाललाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान र त्यसको म्यागजिन सहितको गोली ५ राउण्डसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंका बनस्थली, नयाँ बसपार्क, बालाजु क्षेत्रहरुमा बिभिन्न अपराधिक कार्यमा संलग्न हुने उद्धेश्यले घुमफिर गर्दै आएको भन्ने बिशेष सुराकीको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बा.४४ प ४९२६ नम्बरको मोटरसाइकलमा बालाजु भ्याली कोल्ड स्टोरबाट नजिक नयाँपुल हुँदै स्वयम्भुतर्फ जाँदै गरेको अवस्थामा उनलाई हतियारसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।