काठमाडौं, ७ असार । देशमा धमाधम नक्कली डाक्टर पक्राउ परिरहेका बेला एक जना नक्कली प्रहरी अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एसएलसी परीक्षाको नक्कली प्रमाण पत्र पेश गरेर जागिर खाएका नेपाल प्रहरीका हवलदार भीमसेन बस्नेतविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रहरी प्रधान कार्यलयअन्तरगत कार्यरत प्रहरी हवल्दार बस्नेतले सुरू नियुक्ति प्रयोजनको लागि पेश गरेको एसएलसी तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियारले दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
‘शैक्षिक प्रमाणपत्र झुट्टा देखिन आएकोले भीमसेन बस्नेत उपर साविक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ र २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ’, अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया