१९ कार्तिक २०८३, बिहिबार

हतियारसहित नेपाली सेनाका पूर्वहवल्दार सोह्रखुट्टेबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol

काठमाडौँ, ७ असार । हतियारसहित नेपाली सेनाका पूर्वहवल्दार रणबहादुर ढकाल पक्राउ परेका छन् ।

हतियार बोकेर मोटरसाइकलमा हिँडिरहेका अवस्थामा गोरखा हर्मीका ढकाललाई आज बिहान सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले बालाजु नयाँ पुलबाट पक्राउ गरेको हो । अभियुक्त ढकालसँग एक थान बन्दुक र पाँच थान गोली रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टका प्रहरी नायब उपरीक्षक चोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

ढकाललाई म्याद थपका लागि अदालत पठाइएको छ । उनलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ । रासस