काठमाडौँ, ७ असार । नेपाली काँग्रेसले उदयपुर जिल्ला सोरुङ्छबिसे गाविस निवासी ५० वर्षीय हेमन्त थापाको उपचारका क्रममा निधन भएकामा दुःख व्यक्त गरेको छ ।
थापाको दिल्लीमा उपचारका क्रममा निमोनिया र कलेजोको रोगबाट सोमबार निधन भएको थियो । उहाँले सो गाविसका पूर्वअध्यक्ष र काँग्रेस जिल्ला कार्यसमितिका सदस्यको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँकी आमा, श्रीमती र दुई छोरी हुनुहुन्छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति प्रकाशन गरी थापाको निधनमा गहिरो दुःख व्यक्तका साथ थापाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । रासस












प्रतिक्रिया