ओखलढुंगा, ७ असार । आफ्नै श्रीमानको हतया गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कुन्तादेबी–७ बस्ने ५१ वर्षीय चेतबहादुर कार्कीलाई खुकुरी प्रहार गरी घाइते बनाउने उनकै श्रीमती लक्ष्मी कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
घाइते कार्कीलाई उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएको र अवस्था गम्भीर रहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया