१९ कार्तिक २०८३, बिहिबार

तमलोपाको बन्द सत्र सुरु, अध्यक्ष महन्थ ठाकुर नै हुने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MAHANTA-THAKURनवलपरासी, ७ असार । यहाँ जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्द सुरु भएको छ ।

विशेषगरी बन्दसत्रमा पार्टीको विधान संशोधन, पार्टीको नयाँ दस्तावेज, मधेस आन्दोलनको समीक्षा र भावी योजनाका साथै पार्टीको सङ्गठनात्मक संरचना विषयमा छलफल हुने आयोजक जिल्ला नवलपरासी तमलोपाका उपाध्यक्ष पुरन चौधरीले बताउनुभयो ।

महाधिवेशनको बन्दसत्र सदरमुकाम परासीस्थित आदर्श उमाविको प्राङ्गणमा जारी छ । आज दिनभरिमा पार्टीको विधान र राजनीतिक दस्तावेज पारित भएपछि बुधबार बिहानदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने पार्टी स्रोतले जनाएको छ ।

यस पटकको पार्टीको निर्वाचन अन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोत जनाएको छ । महाधिवेशनमा पार्टीको संशोधित विधानमा तराईमा दुई प्रदेशसहितको सात प्रदेश पार्टीको विधानमा उल्लेख गरी राजनीतिक दस्तावेज पारित गरिने बताइएको छ ।

महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक सहभागी छन् । विशेष गरी संविधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टिको स्वर बाहिर आइरहँदा तमलोपाको यस महाधिवेशनलाई विशेष चासोका रुपमा हेरिएको छ । महाधिवेशनका कारण जिल्लामा शान्ति सुरक्षा समेत कडा बनाइएको छ । महाधिवेशन बुधबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ । रासस