१ कार्तिक २०८३, आइतबार

‘मधेसमा स्थानीय निकायको चुनाव हुन दिँदैनौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manish-Suman-Sadbhawana-Par

यो सरकार थर गोत्रीको सरकार हो । मधेस मैत्री छैन । अहिले त मधेसीयालाई हेर्नै चाहँदैनन् । प्रधानमन्त्री केपी ओलीजी त कर हाम्रो पनि खानु हुन्छ । उहाँको तलवमा हाम्रो पनि पसिनाको कर छ । तर ओली जी एउटा गोत्र र समुदाय मात्रको प्रधानमन्त्री भएको देखिनु हुन्छ । हाम्रो त प्रधानमन्त्री नै होइन । विगत महिनादिनदेखि म मेरो गृह जिल्ला सप्तरीको बसाइको अनुभव, हाम्रा कार्यकर्ता, स्थानीय जनता, उद्योगी, वुद्धिजीवी व्यवसाय सबैको विचारलाई सुन्ने हो भने छ महिना लामो आन्दोलन जुन आनदलोलनले ४७ जनाभन्दा बढीले ज्यान गुमाए । दुई हजार बढी घायल छन् । त्यत्तिकै मात्रामा अंगभङ्ग छन् । अझै थुप्रै साथीहरू निर्वासित बस्नु पर्ने बाध्यता छ । मुद्दा चलिरहेको छ । यि सबै पृष्ठ भूमि हेर्दा यत्रो ऐतिहासिक आन्दोलन गर्दा पनि नगदमा केही नपाइएकोप्रति स्थानीय जनता आक्रोशित छन् । दुःखित छन् । निशार छन् ।