काठमाडौँ, ६ असार । नेकपा (एमाले) निकट अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्यको कार्यविभाजन गरिएको छ ।
अनेरास्वयिुका अध्यक्ष नवीना लामाले पदाधिकारी बैठकबाट सचिवालय सदस्यको कार्यविभाजन गरिएको जानकारी गराउनुभयो । अखिलको महाधिवेशन भएको तीन महिनापछि कार्यविभाजन गरिएको हो । यसअधि केन्द्रीय सदस्यको कार्यविभाजन गरिएको थियो ।
उहाँका अनुसार विभिन्न २१ वटा विभाग गठन र १४ अञ्चल इन्चार्ज तोक्दै सचिवालय सदस्यको कार्यविभाजन गरिएको हो । “सङ्गठनलाई चलायमान बनाउन सचिवालय सदस्यको कार्यविभाजन गरिएको हो”– अध्यक्ष लामाले भन्नुभयो, “अब कार्यविभाजनअनुसार सङ्गठनको गतिविधि विभागले गर्नेछन् ।”
जेठको पहिलो साता सम्पन्न केन्द्रीय कमिटी बैठकले पदाधिकारीलाई कार्यविभाजन गर्ने जिम्मा दिएको थियो । सचिव सुदेश पराजुलीेले गठन गरिएका विभागलाई केही दिनमा पूर्णता दिइने बताउनुभयो । रासस













प्रतिक्रिया