१९ कार्तिक २०८३, बिहिबार

दुर्लभ वन्यपंछी हुचिलको सकुशल उद्दार

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Huchilकाठमाडौं, ६ असार । ललितपुर उपमहानगरपालिका–५ मानभवन बस्ने भोजपुर धोदलेखानी कटुन्जे–४ स्थायी घर भएका ३३ वर्षीय कपिल राईले आफ्नो घर छेउमा कागहरुको समूहले ठुंगीरहेको अवस्थामा संरक्षित तथा दुर्लभ वन्यपंछी हुचिललाई कागहरुको समुहबाट सोमबार उद्दार गरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनले उक्त चरा संरक्षित तथा दुर्लभ वन्यपंछी हुचिल हो भन्ने थाहा पाई महानगरीय अपराध महाशाखामा खवर गरेपछि प्रहरी टोलीले जिवित संरक्षित तथा दुर्लभ वन्यपंछी हुचिल संरक्षणको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाएको छ ।

उद्दार गरिएको पंछिको वैज्ञानिक नाम Ketupa Flavipes, अंग्रेजी नाम Tawny Fish Owl र नेपाली नाम हुचिल भएको महाशाखाले जनाएको छ ।