
पर्सा, ६ असार । लामो मधेस आन्दोलनबाट विश्राम लिइरहेको तराईमा सोमबार गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरुले स्थानीयसँग छलफल गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गृहमन्त्री शक्तिबहादुर बस्नेत सोमबार वीरगंजमा स्थानीय उद्योग व्यवसायीबीच भएको सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागी भएका हुन् ।
कार्यक्रममा गृहसचिव नारायणगोपाल मलेगो, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक दूर्जकुमार राई, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख दिलिप रेग्मी, वीरगंज उद्योग बाणिज्य संघका पदाधिकारीहरु एवं उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा व्यवसायी तथा व्यवसायको सुरक्षा, सुरक्षित तवरले व्यवसाय गर्न आवश्यक वातावरण निर्माण तथा समसामयिक विषयमा छलफल भएको थियो ।
साथै गृहमन्त्री बस्नेतले पर्सा वीरगंज उपमहानगरपालिका–१३ स्थित आदर्शनगर रंगशालामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका राष्ट्रिय भलिबल टीमबीच हुने मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उदघाटन समेत गर्नुभयो ।













प्रतिक्रिया