१९ कार्तिक २०८३, बिहिबार

प्रेस स्वतन्त्रताविरोधी निर्देशिका खारेज गर्न अनलाइन पत्रकार संघको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Online-journalist-associanकाठमाडौं, ६ असार । अनलाइन पत्रकार संघले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै तत्काल खारेज गर्न माग गरेको छ ।

संघका अध्यक्ष प्रवेश सुवेदीले सोमबार अपराह्न एक विज्ञप्ति जारी गरी नेपालको संविधान २०७२ ले ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रावधान विपरीत सञ्चार माध्यम नै बन्द गर्न सक्ने, सञ्चार मन्त्रालय अन्तर्गतका प्रशासनिक निकायले सम्पादकीय र सूचना सम्प्रेषणको प्रक्रियामा हस्तक्षेप गर्न सक्ने जस्ता आपत्तिजनक प्रावधान राखी गरी जारी गरिएको निर्देशिकाले संविधान र विश्वव्यापी लोकतान्त्रिक मान्यतालाई नै प्रहार गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ- ‘भरखर भरखर फस्टाउँदै गरेको नयाँ माध्यमका प्राविधिक, व्यवहारिक र सैद्धान्तिक पक्षलाई समेत बेवास्ता गरी जारी गरिएको यस्तो निर्देशिकाले यो क्षेत्रको स्वच्छ विकासलाई कुण्ठित गर्ने प्रस्ट छ । अनलाइन पत्रकार संघ तत्काल निर्देशिका खारेज गर्न सरकारसँग जोडदार माग गर्दछ ।’