काठमाडौं, ६ असार । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बलको तर्फबाट युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा कार्य गर्न सशस्त्र प्रहरी बलको एक सय ४० सदस्यीय एक टोली असार ५ गते राति त्यसतर्फ प्रस्थान गरेको छ ।
सो टोलीलाई सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक स्वयम्भुमा आयोजित एक समारोहका बीच शुभकामना सहित हार्दिक बिदाई गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले त्यसअवसरमा संयुक्त राष्ट्रसंघीय मिसनमा एपीएफ टोलीले शान्ति स्थापनार्थ उत्कृष्ट योगदान पु¥याएको चर्चा गर्नुहुँदै विगतका एपीएफ टोलीले झै प्रभावकारी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।
संगठनभित्र व्यक्ति गौण हुने, तर व्यक्ति व्यक्ति मिलेर संगठन बन्छ भन्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राईले संगठनलाई कसरी अगाडी बढाउने भन्ने कुरा व्यक्तिको चरित्र र व्यवहारमा फरक पर्ने चर्चा गर्नुहुँदै सांगठानिक लक्ष्य प्राप्तीमा सामुहिक भावनाका साथ योगदान पु¥याउनु पर्ने बताउनुभयो ।
उहाँले मिसनमा खटिई जाने एपीएफ टोलीले आफ्नो सेवा त्यहाँका पिडीत जनताको लागि हो भन्ने मनन् गरेर कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने बताउनुहुँदै शान्ति स्थापनार्थ मिसनमा खटिँदा आफुलाई गौरवान्वित महसुस गर्नुुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले राष्ट्रकै प्रतिनिधित्व गर्दै युएन मिसनमा खटिँदा संगठन र सिंगो मुलुकको प्रतिष्ठालाई ध्यानमा राखेर अझै बढि व्यवसायीक र जिम्मेवार भई उत्कृष्ट कार्य गर्नुपर्ने चर्चा गर्नुभयो ।
उहाँले संयुक्त राष्ट्रसंघीय मिसनमा एपीएफ टोलीले पु¥याएको योगदानको स्मरण गर्नुहुँदै संयुक्त राष्ट्रसंघको म्याण्डेट अनुसार खटिइ जाने मुलुकको वस्तुस्थितिलाई बुझेर राष्ट्रसेवक कर्मचारीहरुले अझ बढी अनुशासित एवं लगनशील भई उच्च मनोवलका साथ कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी उपरीक्षक महेश श्रेष्ठको कमाण्डमा त्यसतर्फ गएको सो टोलीमा एपीएफ अधिकृत तथा विल्लादार जवान गरी कुल १ सय ४० जना छन् ।













प्रतिक्रिया