१ कार्तिक २०८३, आइतबार

दश लाखले हेरे हट गायिका पोखरेलको म्यूज़िक भिडियो (हेर्नुस भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

smriti-1काठमाडौं । गायिका स्मृति पोखरेलको ‘तिम्रो र मेरो कहानी’ गीतको भिडियो युट्युबमा भाईरल बनेको छ ।

अपलोड भएको २७ दिनमै १० लाख भन्दा बढी दर्शकले भिडियो हेरेका छन् । भिडियोमा गायिका पोखरेल हट एण्ड सेक्सी अवतारमा देखिएकै कारण पनि छोटो समयमै अत्याधिक दर्शकले मनपराएका छन् ।

सन्जित श्रेष्ठको शब्द तथा संगीत रहेको उक्त गीतमा वृजेश श्रेष्ठको एरेन्ज रहेको छ । पासाङ योन्जन लामाले निदेशन गरेको उक्त भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा डिबी तामाङ र गायिका स्वयंको अभिनय रहेको छ । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

भिडियोको कोरियोग्राफी प्रशान्तको टिमले गरेको छ भने श्रृंगार सीमा सुब्बा गुरुङको रहेको छ ।

हेर्नुस् भिडियोः