१ कार्तिक २०८३, आइतबार

३३ दलीय मोर्चालाई वार्तामा आउन प्रधानमन्त्रीले मिति तोकेरै पठाए पत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP_Sharma_

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ दलीय राष्ट्रिय मोर्चालाई वार्तामा आउन आग्रह गरेका छन् ।

३३ दलीय राष्ट्रिय मोर्चा नेपालका संयोजकलाई सोमबार एक पत्र पठाउँदै प्रधानमन्त्री ओलीले मोर्चाका मागका सम्बन्धमा वार्तामा आउन आग्रह गरेका हुन् ।

मोर्चालाई असार ९ गते दिउँसो १२.३० बजे प्रधानमन्त्री कार्यालयमा वार्तामा आउन आग्रह गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

सरकारसँग वार्ता गर्न चुरे भावरको सात सदस्यीय समिति गठन

यसैगरी प्रधानमन्त्री ओलीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्तामा आउन जेठ ३१ गते पठाउनुभएको पत्रको स्वागत गर्दै सो पार्टीले आज प्रधानमन्त्रीलाई लिखित जवाफ पठाएको छ ।

पत्रमा सरकारले वार्ता र सम्बादमार्फत नै समस्याको समाधान गर्न देखाएको अग्रसरतालाई पार्टीले सकारात्मक रुपमा लिएको र वार्ताका लागि अध्यक्ष बद्रीप्रसाद न्यौपानेको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको उल्लेख गरिएको छ ।