१९ कार्तिक २०८३, बिहिबार

बाजुरामा द्वन्द्वकालिन घटनाका उजुरी बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Satya-Nirupan

– भोबिन्द्र शाह

बाजुरा, ६ असार । बाजुरामा द्धन्द्धकालिन अवस्थामा भएका बिभिन्न प्रकृतिका घटनाहरुमा आधारित द्धन्द्धकालिन उजुरीको संङख्यामा बृद्धि भएको जनाएको छ ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा ६ सय ६३ जनाले उजुरी दिएको स्थानिय शान्ति समिति बाजुराले जनाएको छ । आयोगमा सबै भन्दा बढी पूर्वाेत्तरी क्षेत्रका ११ गाविसका द्धन्द्ध पीडीतहरुको उजुरी आएको बताएको छ ।

शान्ति समिति कार्यालयका अनुसार अनुसार सबै भन्दा बढी शारीरिक अपांगता र बेपत्ता पारिएको उजुरी दर्ता भएको कार्यालय प्रमुख कर्ण बहादुर बुढाले बताएका छन् । तत्कालिन माओवादी र राज्यपक्षबाट द्धन्द्धका क्रममा २०३ जनाले ज्यान गुमाएको रातो किताबमा उल्लेख भएको भएपनि त्यो यर्थात नभएको र साथै १ सय ५५ जनाले ज्यान गुमाएको र ज्यान गुमानेको परिवारलाइ राहात प्रदान गरीसकेको बताएको छ ।

९४ जना अपाङगता भएकाहरु १सय ११ बिस्ताबित, २ सय ७९जनाले सम्पति क्षति भएका र ३६ जना मृतकका बिधवा महिलाहरुले राहत पाइसकेको संयोजक बुढाले जानकारी गराएका छन । ब्यक्तिहरुले राहत पाइसकेको स्थानिय शान्ति समितीको कार्यालयले जनाएको छ । र प्रभावित भएको भन्दै उजुरी दर्ता गराउदै आएको बुढाले बताए ।

बेपत्ता र सत्यनिरुपण मेललिाप आयोगमा कुन कुनमा उजुरी आएको यकिन नभएको बताइएको छ । २०५२ साल पछि जिल्लामा सदरमुकाम भन्दा बाहिरका गाविसहरु बढी प्रभावित हुनुका साथै गाविस कार्यालयहरु साथै पुराना दरबार र सर्बसाधरणहरुका घरमा आगजनी समेत भएको जनाएको छ । भएको शान्ति समिति बााजुराले जानकारी दिएको छ ।

जिल्लामा यस द्धन्द्ध कालिन मुद्धाका बिषयमा धेरै पटक उजुरी गरेको भएपनि उजुरी तथा गुनासोहरुको कुनै सुनुवाइ नभएको द्धन्द्ध पीडीत उजुरी कर्ता चन्द्र बहादुर शाहले बताएका छन । शाहले आफुले किटानी नै जाहेर गरेर उजुरी दिएको र तत्कालिन समयमा आफुलाइ राजाबादि मण्डले भन्दै एक महिना भन्दा बढी समय सम्म अभियानमा लगेर मानसिक तनाब गर्नुका साथै ज्यान मार्ने धम्की दिएको र पछि भागेर बिस्तापीत भएर तत्काल सदरमुकाम आउनु परेको बताएका छन । बेपत्तामा आयोगमा मात्रै २ सय जनाले उजुरी दिएका छन् ।

अहिले जिल्लामा सबै भन्दा शारिरिक मानसिकता पिडा, सम्पत्ती लुपाट, हत्या, अपहरण, आगजनी र राज्य र माअ‍ोबादीबाट विस्थापित र थुनुवा हिरासतमा रहेकाले उजुरी दिएको जनाएका छ ।

उजुरी दिने म्याद बेपत्ता आयोगको असार मसान्त र सत्य तथा मेलमिलाप आयोगको साउन एक गतेसम्म भएकाले उजुरीको संङ्ख्या बढ्न सक्ने बताएको छ ।