लमजुङ, ६ असार । जिँउदो हुचिल बेच्ने दुई महिलासहित लमजुङमा सात जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बेशीशहर नगरपालिका–४ बस्ने ३८ बर्षीया गीता परियार र सोही नगरपालिका–७ बस्ने ५० बर्षीया शान्ता परियारलाई प्रहरीले १ वटा जिवित हुचिल सहित पक्राउ गरेको छ ।
उक्त हुचिल किनबेच तथा ओसार–पसार कार्यमा संलग्न सिमपानी–१ बस्ने ३९ बर्षीय रण बहादुर भण्डारी समेत थप ५ जनालाई समेत प्रहरीले बेशीशहर नगरपालिका–१० स्थित तुल्सी होम होटलबाट पक्राउ गरेको छ ।
प्रहरी चौकी खुदीबाट खटिएको प्रहरी टोलीले सोमबार विहान खुदी–१ सारे खोलाबाट गिता र शान्ता परियारलाई उक्त हुचिल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया