२६ कार्तिक २०८३, बिहिबार

संगम होटेल काण्डका नाईके जेल चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sangam-Hotel-arrested– मोहन विष्ट

कञ्चनपुर, ६ असार । महेन्द्रनगरको संगम होटेलमा दुई जना कामदारको हत्या गरेको आरोपमा पक्राउ परेका दैजीका तारासिह बोहरा जेल चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटेलका दुई जना कामदारको हत्या र एक जनाको ज्यान लिने तरिकाले घाईते बनाएको भन्दै सोही होटेलकै पूर्वकामदार बोहरा बिरुद्ध जिल्ला आदालतमा कर्तब्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख तुलसी प्रशाद अधिकारीले आइतबार जिल्ला आदातल कञ्चनपुरले मुद्दाको अनुवाई गर्दै बोहरालाई पुरपक्षका लागि जेल चलान गरेको जानकारी दिनुभयो । उनका अनुसार बोहरालाई आदालतको फैसला अनुसार जेल चलान गरिएको छ ।

बोहराले बैशाख २३ गते राती होटेलका कुक कृष्ण सिह विष्ट र वेटर भीम रोकायाको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका थिए । भने चन्द्रदेब जोशीलाई सक्त घाईते बनाएका थिए । घाईते जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार पछि निको भएका छन् । जेठ ११ गते भारत चण्डगत बाट पक्राउ गरेका बोहराले प्रहरी समक्ष आफैले हत्या गरेको बयान दिएका पछि प्रहरीले उनी बिरुद्ध मुद्दा चलाएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

होटेका वेटर भीम रोकाया संग राम्रो सम्बन्ध भएका बोहराले मेमेरिकार्ड, प्रेमिका फोनको बिषयलाई लिएर हत्या गरेको प्रहरीको पारम्भिक अनुसन्धानबाट खुलेको थियो । बोहराले आफ्नी प्रेमिका संग रोकायाले हिमचिम गर्न खोजेको र मेमेरिकाड लगेर फिर्ता नदिएको आरोप लगाएका थिए ।

१८ बर्षिय बोहराले संगम होटेलमा केही दिन मात्रै काम गरेका थिए । किरोराअवस्थाको आवेगका कारण कामदारहरुको हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । कर्तब्य जानको २० बर्ष कैद भुक्तान गर्नुपर्ने व्यवस्था छ । मदिरा, यौन, आवेगका कारण होटेलमा घटना घटेको प्रहरीको दावि छ । घटना भएदेखि हालसम्म होटेल बन्द रहेको छ ।