२६ कार्तिक २०८३, बिहिबार

सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी मिल्न नेता पौडेलको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra Poudelइनरुवा, ६ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी सबैले मुलुकको निकासका लागि मिलन बिन्दु खोज्नुपर्ने समय आएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सुनसरी शाखाले आज बिहान सुनसरी सदरमुकाम इनरुवामा गरेको पत्रकार भेटघाटमा नेता पौडेलले अहिले मुलुकको निकाससँगै विकासका लागि संविधान कार्यान्वयन गर्नुपर्ने बेला आएकाले सत्ता पक्षले आन्दोलनकारीको माग सम्बोधन गरी निकासको मिलन बिन्दु खोज्नुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले जहिले पनि द्वन्द्व र आन्दोलनले निकास दिन नसक्ने भएकाले वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकार र आन्दोलनकारी दुवै पक्षलाई आग्रह गर्नुभयो ।

उहाँले अहिले जारी भएको नयाँ संविधानअनुसार गाउँपालिका, नगरपालिका र स्थानीय तथा प्रादेशिक चुनाव र प्रतिनिधि सभाको चुनाव आगामी २०७४ को माघ ७ गतेभित्र गरी सक्नुपर्ने भएकाले त्यसका लागि सरकारले साझा सहमति खोज्नुपर्ने बेला आएको बताउनुभयो । रासस