१ कार्तिक २०८३, आइतबार

‘प्रेम रक्षक’का गीत धमाधम रेकर्डिङ हुँदै, भदौ १५ देखि छायाँकन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-Belbaseकाठमाडौं । प्रेम र एक्सनलाई कथावस्तु बनाइ फिल्म मेकर गणेश बेलवासेले अर्को फिल्म निर्माण गर्ने भएका छन् । ‘प्रेम रक्षक’ नाम जुराएका बेलवासेले भदौ १५ गतेदेखि छायाँकनमा जाने बताएका छन् ।

यसअघि ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गरेर चर्चामा आएका बेलवासेले भने, ‘प्रेम रक्षकको कथाबस्तु अद्भूत प्रकारको छ । फिल्ममा एक्सन पनि राखिएको छ ।’ फिल्मको निर्देशन बेलवासे स्वयंले गर्नेछन् । फिल्मको निर्माण जी फाइभ ग्रुप डी फिल्मस् प्रालिले निर्माण गर्न लागेको हो । ‘प्रेम रक्षक’को कार्यकारी निर्माता सुनिल मानन्धर हुन् । मानन्धर बेलवासेकै ‘उहिले बाजेको पालामा’का कार्यकारी निर्माता समेत हुन् ।

फिल्म मेकर बेलवासेले आफ्नो दोस्रो फिल्मलाई तनहुँ जिल्लाको बन्दिपुरमा छायाँकन गर्ने योजना बनाएका छन् । ‘फिल्मलाई आवश्यक पर्ने लोकेशन बन्दिपुरमा उपुक्त छ’, उनले भने, ‘फिल्ममा हेलिकप्टरको पनि प्रयोग हुनेछ ।’

आफ्नो ड्रिम प्रोजेक्टका रुपमा लिएका बेलवासेले ‘प्रेम रक्षक’ निर्माणका क्रममा कुनै पनि विषयसँग सम्झौता नगर्ने बताउँछन् । ‘प्रेम रक्षक निर्माणका क्रममा कुनै विष्यामा सम्झौता गर्ने छैन’, उनले भने, ‘प्राविधि पक्षका साथै गीतसंगीत र कलाकारहरू प्रफेशन हुनेछन् ।’

बेलवासेले फिल्मको गीत रेकर्डका पठाइ सकेका छन् । उनका फिल्मका गीतहरू संगीतकार सन्तोष श्रेष्ठ, विपिन आचार्य र सपन घिमिरेले गरिरहेका छन् । यी तीनैजना संगीतकार आ–आफ्नो क्षेत्रमा दखल राख्छन् ।

‘प्रेम रक्षक’मा वरिष्ठ अभिनेता नीर शाह, अभिनेता सुरवीर पण्डित, अभिनेत्री पूजा रिजाललगायतले अभिनय गर्नेछन् । फिल्मका नायिक र नायिकाका विषयमा कुराकानी भइरहेको भन्दै बेलसाले भने, ‘दयाहाङ राईसँग पनि कुराकानी भइरहेको छ । उहाँको एक वर्षसम्म समय खाली रहेनछ । तै पनि उहाँलाई राख्न प्रयास गरिरहेका छौँ । अन्य कलाकारका विषयमा १÷२ दिनमा टुङ्गो लगाउनेछु ।’