काठमाडौं । गणेश केसीद्वारा निर्मित नेपाली चलचित्र ‘सूर्या द पावर’ले असार २१ गते रिलिजको मिति घोषणा गरेको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर निर्माता गणेश केसीले आफ्नो फिल्म ‘सूर्या’का विषयमा जानकारी गराएका हुन् । उनले फिल्म निर्माणबाट धेरै पाठ सिकेको बताए । सहनिर्माताका रुपमा सूर्यासँग जोडिएका केसीलाई फिल्मका अघिल्ला निर्माताहरूले धोका दिएपछि सम्पूर्ण रुपमा फिल्म आफूले निर्माण गरेको उनले बताए ।
‘अहिलेका दर्शकले रुचाउने गरेर फिल्म बनाएको छु’, उहाँले भन्नुभयो, ‘सूर्यामा दर्शकले एक्सनका साथमा लभस्टोरी पनि हेर्न सकिनेछ ।’
‘सूर्या’को प्रतिकृयाले आफू भविष्यमा फिल्म क्षेत्रमा रहने वा नरहने भन्ने विषयको निर्धारण हुने निर्माता केसीले बताए । ‘सूर्याले लगानी उठाएको खण्डमा अर्को राम्रो चलचित्र निर्माण गर्नेछु’, उनले भने, ‘मलाई सिनेकर्मीले फसाएका हुन् । चलचित्र क्षेत्रमा फटा मान्छे हुन्छन् भन्थे, हो रहेछ । फिल्म लाईनमा केही राम्रा मान्छे पनि भेटे ।’
‘सूर्या’लाई क्रान्ति केसीले निर्देशन गरेका हुन् । निर्देशक केसीले पनि आफू उछिट्टिएर ‘सूर्या’को निर्देशक बनेको बताए । फिल्मका गीतकार लोकराज अधिकारीले सूर्याको सम्पूर्ण सफलताको शुुभकामना व्यक्त गरे ।
नायिका सुजता केसीले सूर्या राम्रो फिल्म बनेको दाबी गरिन् । उनले भनिन्, भनिन्, ‘नेपाली समाजकी म भाग्यमानी छोरी हुँ । पिताले नै हात समातेर रंगीन दुनियाँमा ल्याउनुभएको छ ।’
‘सूर्या’मा नरहरि प्रमीको संगीत रहेको छ । शंकर महर्जनको द्वन्द्व, केशव अधिकारी, अर्जुन तिवारी, अजय रेग्मीको छायाँकन रहेको फिल्ममा आयुुष बिसीले सहनिर्देशकको काम गरेका छन् ।















प्रतिक्रिया