१ कार्तिक २०८३, आइतबार

खाजा समेत नखाएर बचत गर्दै महिलाहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doti– झलक पाली

डोटी, ५ असार । डोटीको कपल्लेकी गाविस वडा नं. ५ का महिलाहरुले खाजाका लागि पाईने रकम समूहमा बचत गर्न थालेका छन् ।
एडब्ल्युओ ईन्टरनेशनलको सहयोगमा राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपाल कञ्चनपुरले डोटीमा सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन प्रवद्र्धन तथा मानव बेचविखन रोकथाम परियोजना अन्तरगत गठित कपडेउली आप्रवासी महिला समूहले यस्तो बचत शुरु गरेको हो ।
परिवारका सदस्यहरु कामको लागि भारत या तेश्रो मुलुक गएका घरका महिलाहरुको उक्त समूहले थोरै भए पनि बचत गरेमा गाउँघरमा स–साना काम टार्न सजिलो हुने उद्धेश्यले खाजानास्ताकै रकम भए पनि बचतको थालनी गरेका हुन् ।
वि.सं. २०७२ साल पौष महिनाबाट बचत शुरु गरेका महिलाहरुले हालसम्म ५ हजार ५ सय रुपैंयाँ समूहमा जम्मा गरिसकेको कपडेउली आप्रवासी महिला समूहका अध्यक्ष ईन्द्रादेवी मल्लले जानकारी दिईन् ।
निड्सबाट उपलब्ध हुने खाजावाफतको रकम खाजा नखाएरै जम्मा गरी समूहकै सदस्यहरुमा १२ प्रतिशत ब्याजदरमा ऋण स्वरुप लगानी गरिरहेको उक्त महिला समूहका सचिव धना कुमारी मल्लले जानकारी दिईन् ।
निड्सले कपल्लेकीमा काम गर्न थालेपछि संगठित भएका आप्रवासी महिला समूहमा शुरुमा २० जना संगठित भएकोमा हाल ३४ जना महिला सदस्यहरु आवद्ध छन् ।
उक्त समूहका महिलाहरुमा अहिले वैदेशिक रोजगारमा कसरी सुरक्षित बन्ने भन्ने विषयमा जानकारी पाउँदा खुशी लागेको स्थानीय दुर्गा मल्ले बताईन् ।
विशेष गरी सो समूहका महिलाहरुमा आफ्नो परिवारबाट कामका लागि भारत तथा तेश्रो मुलुक गएका सदस्यहरुले कमाई ल्याउने रकम बैंकमार्फत सुरक्षित पुग्ने भएपछि बैंकिङ् कारोबारतर्फ उन्मुख भएका छन् ।

फोटो जिल्ला परियोजना सल्लाहकार समितिसँग छलफल गर्दै कपडेउली समूहका महिलाहरु ।