१ कार्तिक २०८३, आइतबार

र्याम्प नाप्दै प्रियंका, मलिना र माला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mala_Limbu_Priyanka_Karki_Malina_Joshi_Femnepal

काठमाडौं । मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेका तीन हिरोइनले फेरि एकपटक र्याम्पमा क्याटवाक देखाउने भएका छन् ।

दरबारमार्गस्थित भिक्ट्री लन्ज एण्ड बार स्थापनाको एक वर्ष पूरा भएको अवसरमा असार ४ गते हुन लागेको ‘भिक्टोरियन्स नाइटस्’शीर्षकको फेसन सोमा सो स्टपर बन्दै र्याम्पमा देखिन लागेका हुन् । शोको शुभारम्भ भने आयुष्मान देसराज जोशी र अर्पणा उपाध्यायले गर्नेछन् ।

संगीत, फेसन र नृत्यको फ्युजनको रुपमा रहने कार्यक्रममा मोडलहरुले मनिस राई, खुशी भेटवाल र खुस्बु रानाले डिजाइन गरेका लुगामा र्याम्पको जमिन नाप्नेछन् । मोडलहरुको कोरियोग्राफी विपेन माइक गुरुङको रहनेछ भने याशु खड्काले साल्सा नृत्य प्रस्तुत गर्नेछन् । धरानको हाम्रो डान्स घरले समसामयिक नृत्य प्रस्तुत गर्नेछ ।

साँझमा संगीतको पनि प्रस्तुति रहनेछ । कार्यक्रममा धर्मेन्द्र सेवानले आफ्ना चर्चित गीत सुनाउनेछन् ।