काठमाडौं, २ असार । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छिन् ।
अचानक अस्वस्थ भएपछि ८८ वर्षीया शाहलाई पूर्वराजा एवं रत्नका छोरा ज्ञानेन्द्र शाहले आफै गाडी चलाएर स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल पुगाएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव फणिराज पाठकले स्वास्थ्यमा समस्या देखिएपछि पूर्व मुमाबडामहारानीलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिए ।
राजा महेन्द्रकी पत्नी रत्न नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।












प्रतिक्रिया