काठमाडौं, १ असार । उद्योग मन्त्री सोम प्रसाद पाण्डेले मुलुकको विकासको लागि युवा शक्ति परिचालन हुनु अत्यन्त आवश्यक भएको बताउनु भएको छ ।
नेपाल चेम्वर अफ कमर्समा गठित युवा उद्यमी मचंद्वारा आज चेम्वर भवनमा आयोजना गरिएको “युनिविस विस्किट्सको लन्च“ कार्यक्रमलाई सम्वोधन गर्दै उद्योग मन्त्री पाण्डेले नेपालमा उपलव्ध श्रोत र साधनको अधिकतम सदुपयोग गर्न सके मुलुकको द्रुत आर्थिक विकास हुने बताउनु भयो ।
उहांले विकासका संवाहक निजी क्षेत्र रहेको र युवा उद्यमीहरुले यसको नेतृत्व गर्नु पर्ने बताउदैं सरकार निजी क्षेत्रलाई हरतरहले सहयोग गर्न तयार रहेको बताउनु भयो ।
चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले अष्ट्रेलियामा लगानी रहेको यस कम्पनीले नेपालमै उत्पादन गर्ने विश्वास व्यक्त गर्दै सरकारलाई लगानीमैत्री वातावरण बनाउन अनुरोध गर्नुु भयो । उहांले नेपाल चेम्वर अफ कमर्स मुलुकको आर्थिक विकासको लागि सरकार र सरोकारवालासंग सहकार्य गर्दै आईरहको प्रष्ट पार्नु भयो ।
कार्यक्रमका सभापति एवं युवा उद्यमी मञ्चका उपाध्यक्ष दिपेश काजी तुलाधरले युवा उद्यमी मञ्चले चेम्वरमा विभिन्न सामाजिक क्रियाकलाप संचालन गरेको जानकारी गराउंदै कार्यक्रमले विदेशी लगानीकर्ताहरुमाझ नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भयो ।
उत्पादनलाई नेपाली बजारमा भित्र्याउने टुंचे टुचें ट्रेडिंग कन्सर्नका प्रोप्राइटर त्रिकाल तुलाधरले गुणस्तरीय बस्तुको उत्पादनमा आफू कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।















प्रतिक्रिया