२६ कार्तिक २०८३, बिहिबार

डोटीमा कांग्रेस सभापतिद्धारा एमाले अध्यक्षमाथि आक्रमण

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uml-congressडोटी, १ असार । केन्द्रमा सरकारको कडा विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सभापतिले जिल्लामा नेकपा एमालेका अध्यक्षमाथि आक्रमण गरेका छन् ।

घटना डोटी जिल्लाको हो । डाटी कांग्रेसको गाउँ इकाई कमिटीका सभापति राजेन्द्र खड्काले एमालेका जिल्ला अध्यक्ष चक्र मल्लमाथि हातपात र गालीगलौज गर्दै आक्रमण गरेका हुन् ।

घटनापछि एमालेका कार्यलय सचिव खडक बहादुर कठायतले विज्ञप्ति जारी गरी अध्यक्ष खड्कामाथि भएको दुर्व्यवहारको निन्दा गरेका छन् । विज्ञप्तिमार्फत एमालेले स्थानीय प्रशासनसमक्ष दोषीलाई कारवाही गर्न माग गरेको छ ।

मंगलबार जिल्ला विकास समितिको बैठकमा सहभागी भएर फर्कने क्रममा अध्यक्ष मल्लमाथि एक्कासी खातिवाडा गाविस ६ घर भएका कांग्रेस गाउँ कमिटी सभापति खड्काले आक्रमण गरेको एमालेले जनाएको छ ।

हेर्नुस् एमालेको विज्ञप्तिः

Doti-Uml