२६ कार्तिक २०८३, बिहिबार

कांग्रेसले नमाने राष्ट्रपतिमार्फत सिधै न्यायाधीश नियुक्ति गराउन सकिन्छः कानुनविद्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-Sushila– कालिका खड्का

काठमाडौँ, १ असार । न्याय सेवामा पर्याप्त मात्रामा जनशक्ति नहुँदा नागरिकले छिटो-छरितो प्रक्रियाबाट न्याय पाउन सकेका छैनन् ।

न्याय दिने निकाय नै पूर्ण हुन नसक्दा नागरिकले छिटो-छरितो तरिकाले न्याय पाउनबाट वञ्चित हुँदै जाने अवस्थाको सिर्जना भएको हो ।

नेपालको संविधानले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था गरेको भए पनि अहिले नौजना न्यायाधीश मात्र कार्यरत रहेको अवस्था छ । न्यायाधीशको कमीका कारण पनि मुद्दाको छिनोफानो सोचेजति छिटो हुन सकेको छैन ।

सर्वोच्चमा अहिले पनि २२ हजार मुद्दा विचाराधीन अवस्थामा छन् । रिक्त न्यायाधीश पदपूर्तिका लागि न्याय परिषद्बाट तीन महिनाभन्दा अघि सिफारिस गरिएको भए पनि त्यसले पूर्णता पाउन सकेको छैन ।

अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले न्यायधिश नियुक्तिमा विकल्प देखाउनुएको छ । “संविधानसभा नियमावलीअनुसार सिफारिस भएका न्यायाधीशलाई पत्र पठाएको मितिले ३५ दिनभित्र सुनुवाइ नभए ३६ औँ दिन राष्ट्रपतिमार्फत नियुक्ति गराई काम सुरु गर्न सकिन्छ”–उहाँले भन्नुभयो ।

संसदीय सुनुवाइको व्यवस्था नहुँदा सिफारिस भएका न्यायाधीशले पनि काम सुरु गर्ने अवस्था छैन ।

संसदीय सुनुवाइ समिति गठन हुन नसक्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की आफै कायममुकायमको रुपमा काम गरिरहनुभएको छ ।

अधिवक्ता डा चन्दकान्त ज्ञवालीका अनुसार जतिसक्दो छिटो संसदीय सुनुवाइ समितिको व्यवस्था गरेर सिफारिस भएका न्यायाधीशको सुनुवाइ गर्नु जरुरी छ ।

संविधानसभा नियमावली–२०७२ को प्रयोग गरेर ७५ जनाको संसदीय सुनुवाइ समिति वा नयाँ संविधानअनुसार प्रस्तावित नियमावलीमा १५ जनाको संसदीय सुनुवाइ समिति निर्माण गरेर छिटो प्रक्रिया अघि बढाउन सकिन्छ ।

अधिवक्ता ज्ञवालीले अझ अर्को विकल्प पनि देखाउनुएको छ । “संविधानसभा नियमावलीअनुसार सिफारिस भएका न्यायाधीशलाई पत्र पठाएको मितिले ३५ दिनभित्र सुनुवाइ नभए ३६ औँ दिन राष्ट्रपतिमार्फत नियुक्ति गराई काम सुरु गर्न सकिन्छ”–उहाँले भन्नुभयो ।

नेपाल वार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले न्यायधीशका लागि सिफारिस गरेका रामप्रसाद सिटौलाको सुनुवाइ रोकेर वर्तमान सरकारले नै ढिलाइ गरेको आरोप लगाउनुभयो ।

नेपाल बार एसोसिएसनका पूर्व महासचिव तथा अधिवक्ता रमन श्रेष्ठले दलहरुको विवादका कारण संसदीय सुनुवाइ समिति गठन नहुँदा न्याय प्रक्रिया छिटो-छरितो हुन नसकेको बताउनुभयो ।

“संविधान असफल बनाउन संविधान जारी गर्ने दलहरु नै लागेका छन्, संविधान कार्यान्वयन गर्न त मुलुकका जिम्मेवार दल मुलुकप्रति इमान्दार हुनुपर्यो नि !, किन नागरिकले न्यायमा ढिला भाको छ बुझनुपर्यो ।”

संवैधानिक अङ्गका पदाधिकारीहरुलाई सिफारिस भएपछि परीक्षण र सन्तुलनका संसदीय सुनुवाइ व्यवस्था छ । सो सुनुवाइ समिति गठन हुन नसक्दा न्याय सेवाको प्रक्रिया लम्बिदै गएको छ ।

राज्यको प्रमुख तीन अङ्गमध्ये एक अङ्गका रूपमा रहेको न्यायपालिकालाई सवल र सक्षम बनाउने राज्यको कर्तव्य भए पनि त्यसतर्फ सरकार र प्रतिपक्ष दलको ध्यान जान सकेको छैन । न्यायलयमा जनशक्ति कम हुँदा नागरिकले छिटो न्याय पाउन सकेका छैनन । रासस