काठमाडौं, १ जेठ । ‘तँलाई म काट्छु, तैले गर्दा पार्टीको काम प्रभावकारी भएन…,’ एक्कासी सबै अक्क न बक्क भए । प्रसंग हो, संघीय गठबन्धनद्वारा जारी आन्दोलनबारे संघीय समाजवादी फोरमको केन्द्रीय कार्यलयमा सम्पन्न समीक्षा बैठकले ।
संघीय गठबन्दनद्वारा सिंहदरबार घेराउ कार्यक्रमको अघिल्लो रात बसेको बैठकमा केन्द्रीय सदस्य भूपेन्द्र नेम्वाङले सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई ठाडै काट्ने धम्की दिएपछि अध्यक्ष उपेन्द्र यादव र छेवैमा रहेका वरिष्ठ नेता अशोक राई एकअर्कामा मुखामुख गर्दै निःशब्द भए ।
त्यो दिन रत्नपार्कबाट सुरु हुने जुलुसमा पार्टीको झण्डा बेलैमा नपुगेपछि अध्यक्ष उपेन्द्र यादव अर्कै पार्टीको झण्डामूनि हिँड्न बाध्य भए ।
बैठकमा अध्यक्ष यादवले ‘झण्ड बेलैमा नआइपुग्दा आफू अर्को पार्टीको झण्डामूनि हिँड्नुपर्यो, ‘किन यस्तो भयो ?’ भनी प्रश्न सोधेका थिए ।
जनआस्था साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया