१ कार्तिक २०८३, आइतबार

नायिका सिर्जना बस्नेतको फिल्म ‘गुड लक’ साउनमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goodluck

काठमाडौं । नायिका सिर्जना बस्नेत द्वारा निर्माण तथा निर्देशन गरिएको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘गुड लक’ आउँदो साउन १४ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

नेपाली चलचित्र क्षेत्रमा एक पृथक चलचित्र लिएर आउने कोसिसका साथ नायिका निर्मात्री तथा निर्देशक सिर्जना बस्नेतले दर्शक श्रोता हरु को लागि गुड लक लिएर आउदै छिन ।

सिर्जना बस्नेत यस चलचित्रको निर्देशन संगै निर्माता पनि भएकी छिन । चलचित्र गुड लकमा कल्याण घिमिरे, नवराज श्रेष्ठ र यसै चलचित्रबाट निर्देशक र निर्माता बनेकी सृजना बस्नेतको प्रमुख अभिनय रहेको छ ।

नवराज श्रेष्ठ यस चलचित्रबाट नब नायकको रुपमा आउदै छन्, नबराज श्रेष्ठ अमेरिकामा बसोबास गर्दै आएका छन् ।

शिक्षा फिल्मस प्रालिको प्रस्तुतिमा बनेको चलचित्र गुड लक मा नवराज श्रेष्ठ, सिर्जना बस्नेत, रश्मी भट्ट र कल्याण घिमिरे जोसना फुयाल,रबिन्द्र खड्का,अमित श्रेष्ठ आदिको अभिनय रहेको यस सिनेमाको संगीत चेतन सापकोटाले भरेका छन् भने ‘गुड लक’का क्रिएटिभ डिरेक्टर मुस्कान ढकाल हुन् ।

कविराज गहतराज र शंकर विसीको संयुक्त नृत्य निर्देशन रहेको ‘गुड लक’लाई दर्शकले मन पराउनेमा सिर्जना ढुक्क छिन ।

एक युवती को जिबन यात्रा माथि निर्भर रहने यस चलचित्रमा हास्य, सेण्टिमेण्टल, प्रेम कहानी, र अन्य कुराको समिश्रणलाइ राम्रो संग प्रस्तुति दिएको र चलचित्र उत्कृष्ट बनेको अनि दर्शक हरुले पूर्ण मनोरंजन प्राप्त गर्ने कुरामा सिर्जना ढुक्क छिन ।