२६ कार्तिक २०८३, बिहिबार

संसदमा कांग्रेस र एमालेबीच जुहारी, एकअर्कालाई आरोप प्रत्यारोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad-n– विमल योगी

काठमाडौं, १ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पुनर्निर्माणका सामग्रीहरू सहज रुपले उपलब्ध हुन नसकेको भन्दै आपत्ति जनाउनुभएको छ ।

व्यवस्थापिका संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले भूकम्पबाट पीडितहरूलाई सरकारले राजनीतिक आस्थाका राहत दिन काखापाखा गरेको आरोप लगाउनुभयो । ‘भूकम्पबाट क्षति भएका जिल्लाहरूमा पुनर्निर्माणको कार्य अत्यन्तै सुस्त गतिमा हुन दुःखदायी छ’, उहाँले भन्नुभयो, ‘वर्षायाम सुरु हुन लाग्दा पनि पीडितले राहत पाउन सकेनन् ।’

सांसद केसीले सुकुम्वासीले पनि अहिलेसम्म जग्गा नपाएको भन्दै सुकुम्वासीका बारेमा पनि विशेष व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

एमालेका सांसद गुरुप्रसाद बुर्लाकोटीले चालिस प्रतिशतसम्म भूकम्पपीडितहरूको सर्वेक्षणमा छुटेको बताउनुभयो । उहाँले राजनीतिक आस्थाका आधारमा कुनै पनि कार्य नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले राजनीतिक आस्थाका आधारमा राहत वितरण गरेको भन्नु सरासर झुटो हो । मेरै जिल्लाको गाविसमा नेविसंघको अध्यक्षले काम गरिरहका छन् ।’

कांग्रेसले भूकम्प पुनर्निर्माणमा सरकारले काम गर्न नसकेको भन्दै सरकारमाथि आक्रमक रुपमा प्रस्तुत भएपछि एमालेका सांसदहरूले त्यसको कडारुपमा प्रतिवाद गरेका हुन् ।

यसैबीच, संसदको आजको बैठक मधेसी र थारु सांसदहरूले बहिष्कार गरेका छन् । सदाझै उनीहरूले सरकारले आफूहरूका मागप्रति ध्यान नदिएको भन्दै संसद बैठक बहिष्कार गरेका हुन् ।