काठमाडौं । नाम चलेका पुराना फिल्म निर्देशक तुलसी घिमिरेले फेरि अर्को दमदार फिल्म निर्माण गर्ने भएका छन् । चिनो, लाहुरे जस्ता सफल फिल्म निर्देशन गरेका घिमिरेले ‘दर्पण छायाँ २’ बनाउने भएका हुन् ।
निर्देशक घिमिरेले १६ वर्ष अघि निरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधानलाई लिएर त्रिकोणात्मक कथामा लभस्टोरी फिल्म बनाएका थिए । फिल्म सुपरहिट भएको थियो ।
अहिले आएर निर्देशक घिमिरेले सो फिल्मको सिक्वेल बनाउन लागेका हुन् । फिल्मको कथावस्तु अलगै रहने निर्देशक घिमिरेले बताएका छन् । उनले अबको फिल्म ‘दर्पण छायाँ २’ मा नयाँ परिवेश अनुसारको कथा राख्ने बताएका छन् ।
‘दर्पण छायाँ २’का केही दृष्य अमेरिकामा छायाँकन गरिएको निर्देशक घिमिरेले बताएका छन् । बाँकी दृष्य नेपालका साथै विभिन्न स्थानमा हुनेछन् । फिल्ममा सबै नयाँ अनुहार छन् ।
डा. लोपसाङ लामाको प्रस्तुति रहेको ‘दर्पण छायाँ २’ लाई सबु कार्की र रबि कार्कीले निर्माण गर्न लागेका हुन् । फिल्ममा पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाईंको प्रमुख भूमिका रहेको छ ।















प्रतिक्रिया