१ कार्तिक २०८३, आइतबार

एनसेलले ल्यायो ‘नाईट एसएमएस प्याक’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ncell-Logoकाठमाडौं, १ असार । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नाईट एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेडग्राहकले अब कुनै पनि एनसेलका नम्बरमा हरेक दिन बेलुका १० बजे देखी विहान ६ बजे सम्म मात्र रु ५ (कर बाहेक) मा १०० एसएमएस पठाउन सक्नेछन् ।

नाईट एसएमएस प्याक यही बुधबार (असार १) बाट लागु भई ३ महिनाको अवधि सम्म संचालनमा रहने छ । एनसेलका सबै ग्राहकले *१७११९# डायल गरी प्राप्त जानकारीअनुसार यो सेवा सुचारु गर्न सक्छन् ।

ग्राहकले सेवा प्रयोगको अवधि सकिएपछि  स्वतः नविकरण हुने वा आफ्नो आवश्यकता अनुसार प्रत्येक पटक दैनिक रुपमा प्याक खरिद गर्ने गरी दुई किसिमबाट यो सेवासुचारु गर्न सक्छन् ।

“बढ्दो संचार आवश्यकतालाई ध्यानमा राखी एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि  यो ‘नाइट एसएमएस प्याक’ योजना ल्याएका हौं । ” एनसेलका कर्पोरेटसंवाद विज्ञ मिलन शर्माले भने । “यसले हाम्रा ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पु¥याउने विश्वास लिएका छौ ।”

यो प्याक सुचारु गरे पछि २४ घण्टाको लागी मान्य हुनेछ ।  स्वतः नविकरण  हुने प्याक मध्यरातमा नवीकरण हुनेछ ।