३० आश्विन २०८३, शुक्रबार

झिलमिलाको दलदल जमिनमा ‘चैते धान’ फस्टायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhanकञ्चनपुर, १ असार । कञ्चनपुरको बेल्डाँडी नगरपालिका ११ झिलमिलाको दलदल जमिनमा ‘चैतेधान’ फस्टाएको छ । झिलमिलाका ४२ जना कृषकहरुले आफ्नो दलदल जमिनमा रोपेको चैतेधान फस्टाएको हो ।

फागुन–चैतमा रोपेको धानमा राम्रो बाला लागेको छ । उन्नत जातको धान भएकाले राम्रो बाला झुमेको कृषकहरुले बताएका छन् । महाकाली सिँचाईको नहर सिपेज हुँदा बाँझो खेत राख्दै आएका स्थानियहरुले यस बर्षदेखि चैतेधान खेती गरेका हुन् ।

एकखेतीले दैनिक घरमा लाउन खान नपुग्ने भएपछि कृषकहरुले जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरको सहयोगमा हिँउदे गहुँबालीको सट्टा चैतेबाली लगाएका हुन् ।

जमिन सिपेजका कारण कतै धानमात्रै खेती र कतै धानसमेत नहुने झिलमिलाका कृषकहरुले समस्या झेल्दै आएका छन् । अधिकाँस कृषकहरुले बर्षमा बर्खेधान खेती मात्रै लगाउदै आएका थिए । यसपाली कृषि विकास कार्यालय कञ्चनपुरले ७५ प्रतिशत अनुदान र प्रोत्साहन अनुदान दिएपछि हिउँदमै चैतेधान रोपेका हुन् । झिलमिलाका ईन्द्र बहादुर खडकाले आफुले डेढ विगाह जमिनमा चैतेधान खेती लगाएको बताए ।

कृषि कार्यालयबाट हस्द्विनाथ–१ जातको धानखेती गरेको खडकाले बताए । ‘सिपेजका कारण बषौँ देखि हामीहरुले खेती गर्न पाएका थिएनौँ ।’ उनले भने ‘गहुँ खेतीको बेला यसपाली चैतेधान खेती गरेका छौँ ।’ सिँचाईका कारण विगत १५ वर्षदेखि गहुँ खेती गर्न नजिकएको सिजनमा चैतेधान खेती गरेको उनको भनाई छ ।

अर्का कृषक पदम थापाले चैते धान खेती गर्दा मलखादको समस्या भएको बताए । थापाले पनि एक विगाह जमिनमा धान लगाएका छन् । ‘एकातिर सिँचाईले हाम्रो जमिन दलदल गरिदिएको छ, अर्कातिर सिँचाईले धानखेती गर्ने समयमा नहर बन्द गर्दा रोपाईमा समस्या भयो ।’

उनले भने ‘सरकारी निकायको समन्वय अभावका कारण कृषकहरु मारमा परेका छन् ।’ कृषक धनीराम चौधरीले चैतेधान खेती गर्दा सिँचाईले नहर बन्द गर्दा समस्या भएको भन्दै सिँचाईले असोज–कार्तिक तिर नहर सफाई गर्नुपर्नेमा जोडदिए ।

चौधरीले पनि १५कट्टा जमिनमा धान लगाएका छन् । केही फागुनमा चैतेधान रोपेका कृषकहरु बाली भि¥याउन लागेका छन् । भने चैतमा रोपेकाले धान पसुन लागेको छ । कृषकहरुले चैतेधान बिक्रि वितरण गरेर गहुँ किन्ने र बाँकी पैशाले घर खर्च चलाउने योजना बनाएका छन् । चैतेधानबाट कृषकहरुलाई फाईदा भएको छ ।

चैतेधान खेती भि¥याएपछि उनीहरुले असारे धानखेती लगाउन समेत बेर्ना छरेका छन् । बेल्डाँडीका कृषि प्राविधिक नरेश बहादुर शाहीले बेला बेलामा कृषकहरुलाई परामर्स दिएका कारण धानमा रोग नलागेको बताए । उनका अनुसार झिलमिलामा मात्रै ३० हेक्टर जमिनमा चैतेधान खेती गरिएको छ । झिलमिलाका कृषकहरुले दलदल रहेको बाँकी जमिन पुर्नरुत्पादन बनाउनुका साथै कृषकहरुका समस्यामा ध्यान दिन माग गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार जिल्लाभरी ७० हेक्टर जमिनमा चैतेधान खेती गरिएको छ । बाली विकास अधिकृत देवदत्त कलौनीले चालु आर्थिक बर्ष २०७२/०७३ मा ‘बृहत्तर धान उत्पादन कार्यक्रम अन्र्तरगत’ झिलमिलामा चैतेधान खेती गरिएको बताए । उनका अनुसार झिलमिलामा सिँचाईका कारण कृषकहरु पीडित भएकाले राहत दिनका लागि समेत चेतै धानखेतीको कार्यक्रम गरिएको हो ।

कम्तिमा १५कट्टा भन्दा बढि जमिनमा धानखेती गर्ने कृषकलाई कृषिले अनुदान दिने बाली विकास अधिकृत कलौनीले बताए । ‘एक हेक्टर जमिनमा चैतेधान खेती गर्ने कृषकलाई पोत्साहन स्वरुप रु. पाँच हजार पाईन्छ’ उनले भने ‘यसबाट कृषकहरु चैतेधानखेती तर्फ आकर्षित हुन्छन्’ चैतेधान एक सय दिन भन्दा पछि फल्छ । अर्को बर्षदेखि सिँचाई भएको क्षेत्रमा चैतेधानखेती बढाईने कृषि विकास कार्यालयले लक्ष्य लिएको छ ।