१ कार्तिक २०८३, आइतबार

कामै नभई भुक्तानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Rupees Paisa– विद्रोेही गिरी 

कावासोती, १ असार । पृथ्वीचन्द्र अस्पताल नवलपरासीले खानेपानी बोरिङको निर्माण सम्पन्न नहँुदै रकम भुक्तानी दिएपछि योजना अलपत्र परेको छ ।

खानेपानी सहज आपूर्तिका लागि बोरिङ निर्माण थालिएको थियो । आव २०७१÷७२ मै कार्यसम्पन्न भएको प्रगति पेस गरी सम्बन्धित ठेकेदारले भुक्तानी लगेको भए पनि काम नगर्दा हालसम्म बोरिङबाट पानी निकाल्ने कार्य अलपत्र भएको हो । अस्पतालमा खानेपानीको समस्या छ ।

अस्पतालमा बढ्दै गएको बिरामीको चापले गर्दा पर्याप्त मात्रामा खानेपानी पु-याउन सकेको छैन । परासी खानेपानी कार्यालयबाट जडान गरिएका दुई धाराको पानीले खानेपानी पर्याप्त नहुने हुँदा अस्पतालमै बोरिङ गरी खानेपानीको व्यवस्थापनका लागि अस्पताल विकास समितिले माग गरेको थियो । अस्पताल सुधार कार्यक्रमबाट बजेट विनियोजन गरी गत वर्ष खानेपानीका लागि बोरिङ गाड्ने र पानी आपूर्ति गर्ने गरी कार्यक्रम अगाडि बढाइएको थियो ।

रु आठ लाखको लागतमा बोरिङ गाड्ने, खानेपानीको ट्यांकी जडान गर्ने र अस्पतालको सबै कोठामा पाइप समेत फिटिङ गर्ने गरी योजना बनाइएको थियो तर अहिले बोरिङ गाडिएको स्थानमा घिर्नी राख्ने पाइप समेत त्यसै अलपत्र परेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले चितवनका ठेकेदार सहदेव खड्कालाई बोरिङ गर्न सम्झौता गरेको थियो । तर ठेकेदारले लिखित प्रतिवेदन पेस गरी रकम निकासा सोही वर्षमा लिइसकेको भए पनि काम नगर्दा बोरिङ अलपत्र परेको अस्पतालका कर्मचारीले बताएका छन् ।

“सम्झौतादेखि सबै काम गराउने स्वास्थ्य कार्यालयले गरेको हो”, अस्पतालका एक कर्मचारीले भने, “कमिसनमा काम गराउँदा यस्तै हुन्छ । अस्पतालमा काम गराउँदा पनि कार्यालयले आफै सम्झौता गर्ने गरेको छ । कमिसन नखाई कसरी कार्यालयले कामै नभई भुक्तानी दिन सक्छ ? स्वास्थ्य कार्यालयमा औषधिदेखि हरेक काममा कमिसन ताक्ने गर्दा कि बजेट फ्रिज हुने कि त काम अधुरो नै हुने देखिएको छ ।”

कमिसन खाएपछि गुणस्तर वा कामको सम्पन्नतामा ठेकेदारसँग कार्यालयले दबाब दिन सक्दैन । त्यसो भएर स्वास्थ्य कार्यालयको काम लथालिङ्ग हुने गरेको छ । बोरिङ किन अलपत्र प¥यो भन्ने भनी ठेकेदार खड्कासँग फोन सम्पर्क गर्दा उनले काम सकिएको बताए । पाइप जडानका लागि इस्टिमेट नै नभएको जनाउँदै उनले आफ्नो काम बोरिङ गरी पानी निकाल्ने कार्य भएको र पानी निकालेर देखाइसकेको बताए ।

बोरिङको काम अलपत्र परेको तर भुक्तानी पाएकोबारे कार्यालयका लेखा अधिकृत विष्णु भट्टराईले भुक्तानी नदिँदा बजेट फ्रिज हुने हँुदा पछि काम गर्ने गरी सहमतिमा भुक्तानी गरिएको तर अहिले ठेकेदारले फोन समेत नउठाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “बोरिङ गर्ने सम्झौता भइसकेको थियो तर काम ढिलो भइरहेको थियो । निकासा नगर्दा बजेट फ्रिज हुने र काम अधुरो हुने अवस्था थियो । तर कागज मिलाएर भुक्तानी गर्दा समस्यामा परियो ।”

भुक्तानी लिइसकेपछि ठेकेदारले अटेरी गर्दै आएको हुँदा स्थानीय प्रशासन मार्फत ठेकेदारलाई झिकाएर काम गराउने उहाँको भनाइ थियो । – रासस