
काठमाडौं, १ असार । ग्रामीण भेगका अशिक्षित महिला मात्रै होइन जाने बुझेका महिला पनि देवीदेवताको डरले महिनावारी भएका बखत घरभित्र नबसी गोठमै बस्ने गरेका छन् ।
महिनावारी भएका बेला घरभित्र बसे कुल देवताले आफूलगायत सन्तानलाई दुःख दिने भन्दै महिलाहरु परम्परागत रुपमै पाँचदेखि सात दिनसम्म गोठमा बस्ने गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
शिक्षित र बुझेका महिलासमेत सदरमुकाममै घरभित्र बस्न मान्दैनन् ।
उनीहरुसमेत तीनदेखि पाँच दिनसम्म भान्सा र पानीसमेत नछोई बाहिरै बस्ने गरेका छन् ।
महिला हिंसाको मुख्य कारक यहाँका महिलामा रहेको छाउपडी प्रथा भएकाले यसको उन्मूलनका लागि महिला तथा बालबालिका कार्यालयले अभियान नै चलाएको छ ।
जिल्लाका २४ गाविसमध्ये ६ गाविसहरु कार्कीबाडा, पिना, रोवा, रुगा, रारा र सेरीमा छाउपडी सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।
केही बुझेका घरका पुरुषले महिनावारी भएका बेला सरसफाइ गरेर घरभित्र बस्न भने पनि महिलाहरु नै देवीदेवताको डरले महिनावारी भएका बेला घरबाहिर बस्ने गरेका छन् ।















प्रतिक्रिया