१ कार्तिक २०८३, आइतबार

‘दश स्थानमा पेट्रोलियम पदार्थको उत्खनन जारी, सबै युवा जनशक्तिलाई रोजगार’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol-map

भक्तपुर, ३२ जेठ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले अबको कार्यभार आर्थिक समृद्धि भएकाले सबै राजनीतिक दलले एक भएर अगाडि बढे आर्थिक रुपान्तरण सम्भव रहेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले  देशको प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी सबै युवालाई रोजगारी दिइने बताउनुभयो ।

Som-Panday

उहाँले आगामी दश वर्षभित्र सबै युवा जनशक्तिलाई रोजगारी दिएर युवा जनशक्ति बिदेसिन रोक्दै यहाँका युवाले बनाएका सामान विदेश निर्यात गरिने बताउनुभयो ।

दैलेखबाट सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खननसँगै नेपालको १० स्थानमा पेट्रोलियम पदार्थको उत्खनन जारी रहेको जानकारी उहाँले दिनुभयो । रासस