१ कार्तिक २०८३, आइतबार

मन्त्रीको गाडीले ठक्कर दिँदा सिंहदरबारभित्रै कांग्रेस नेता गम्भीर घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीको झण्डावाल गाडीले ठक्कर दिँदा नेपाली कांग्रेसका एक जना नेता गम्भीर घाइते भएका छन् ।

सिंहदरबारभित्रै सहरी विकास मन्त्रालयको मुल गेट नजिकै मन्त्रीको झण्डावाल गाडीले आज बिहान करीव १० बजे कांग्रेस नेता प्रदीप कोइरालालाई ठक्कर दिएको हो । मन्त्रीको गाडीको ठक्करबाट कोइराला गम्भीर घाइते भएका छन् । उनको माइतीघरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको आफन्तले जनाएका छन् ।

‘मन्त्रीको कालो गाडी अनियन्त्रित रुपमा हुँइकिएर आएको थियो’, प्रत्यक्षदर्शी एक कर्मचारीले भने, ‘कांग्रेस नेता प्रदीप कोइरालालाई ठक्कर दिइहाल्यो । खुट्टा भाँच्चिएको छ । शल्यक्रिया गर्नुपर्ने भएको छ ।’

काभ्रे जिल्ला स्थायी घर भएका कोइराला नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी कामको शिलशिलामा सिंहदरबारभित्र गएका थिए ।

दुर्घटनाका बेला मन्त्री चौधरी भने गाडीमा थिइनन् । हुइक्किएर आएको गाडी अनियन्त्रित भइ दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।