२६ कार्तिक २०८३, बिहिबार

फोरम लोकतान्त्रिकको केन्द्रीय समिति आज पनि, समग्र विषयमा छलफल हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vijaya-kumarकाठमाडौं, ३१ जेठ । सत्तारुढ दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ ।

दिउँसो एक बजेपछि तिनकुनेस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा सांगठनिक विषयमा छलफल हुने फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीले जानकारी दिनुभयो ।

‘बिराटनगरको महाधिवेशपछि बैठक बसेको हो’, उहाँले भन्नुभयो, ‘सांगठनिक र समग्र राजनीतिक विषयमा छलफल हुनेछ ।’

बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले पार्टीलाई संघीय ढाँचामा लैजान सुझाव दिएका छन् ।

स्रोतका अनुसार जितेन्द्र देवसहितका केही नेताहरूले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारबाट बाहिरिन सुझाव पनि दिएका छन् ।