काठमाडौं, ३० जेठ । नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले बाबुराम भट्टराई अशल व्यक्ति रहेको भन्दै नयाँ पार्टीलाई शुभकामना दिनुभएको छ ।
सभालाई सम्बोधन गर्दै दीक्षितले भन्नुभयो, ‘यो ओली सरकारले ल्याएको बजेट उत्कृष्ट छैन । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टर्राइले ल्याउनुभएको बजेट सबैभन्दा उत्कृष्ट थियो । यो सरकार बजेटका नाममा भ्रममा छ ।’
मधेस बलिरहेका बेला बाबुराम भट्टराई पटक पटक मधेसमा गएर जनतासँग भेट्ने प्रयास गरेको भन्दै दीक्षितले नयाँ शक्ति र बाबुरामको प्रशंसा गर्नुभयो ।















प्रतिक्रिया