काठमाडौं, ३० जेठ । नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित रेको पनि उपस्थित रहेको छ ।
नयाँ शक्ति नेपालको विशेष आग्रहमा राजदूत रे पार्टी घोषणास्थल दशरथ रङ्गशाला पुगेको उद्घोषक पाशाङ शेर्पाले जानकारी दिए । चिनियाँ राजदूतावासबाट भने राजदूत आएका छैनन् ।
राजदूतको साटो प्रथम सेक्रेटरी घोषणासभामा सहभागी छन् । अन्य मुलुकका राजदूतहरु भन्दा पनि प्रतिनिधिहरुलाई सभामा पठाइएको छ ।













प्रतिक्रिया