२६ कार्तिक २०८३, बिहिबार

बाबुरामलाई प्रधानमन्त्री ओलीको फोनबाटै जवाफ- विद्वानको सभामा अनपढ शोभा दिँदैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Vs-Baburamकाठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘अनपढ’ भन्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई गतिलो जवाफ दिएका छन् ।

आज दशरथ रंगशालामा हुने नयाँ शक्तिको घोषणा सभामा सहभागी भइदिन तारन्तार फोन गरेपछि ओलीले बाबुरामलाई फोनबाटै विद्धानहरुको सभामा अनपढ मान्छे बोलाउँदा शोभा नदिने जवाफ दिए ।

केही दिनअघि बाबुरामले ‘एसएलसी सम्म पास नगरेका प्रधानमन्त्रीले ज्ञान विज्ञानको कुरा गर्न सुहाउँदैन्’ भन्दै अनपढको संज्ञा दिएका थिए ।

अस्ती आलोचना गरिरहेका बाबुरामले आज ओलीलाई ‘जसरी पनि आइदिनुपर्यो हजुर’ भनेर विन्ती गरेपछि प्रधानमन्त्रीले व्यंग्यात्मक शैलिमा बाबुरामलाई जवाफ दिँदै भने– ‘ए, मलाई बोलाउनुभएको ? विद्वानहरुको सभामा अनपढ आएर शोभा हुँदैन कि ?’

यो प्रश्न सुनेर ट्वा परेका बाबुरामले विषयवस्तु मोड्दै जसरी पनि आइदिन फेरि अनुरोध गरे ।

बाबुरामले अति नै अनुरोध गरेपछि प्रधानमन्त्री ओली दिउँसो तीन बजे नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा जान तयार भएको बालुवाटार स्रोतले जनाएको छ ।

बाबुरामको सभामा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी हुँदैछन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने घोषणा सभामा नजाने भएका छन् ।