१ कार्तिक २०८३, आइतबार

आधिकारिक ट्रेड युनियन सिरहाको अध्यक्षमा यादव छनोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ३० जेठ । निजामती कर्मचारीको अधिकारिक ट्रेड युनियनका लागि सिरहामा सम्पन्न निर्वाचनमा प्रथम मत ल्याउने नेपाल निजामती कर्मचारी मञ्चले आफूले पाउने पदमा उम्मेदवार छनोट गरेको छ ।

मञ्चको शनिबार बसेको बैठकले निर्वाचनमा प्रथम स्थान प्राप्त गरेपछि पाउने ट्रेड युनियन सिरहाको अध्यक्ष पदमा जिल्ला वन कार्यालय सिरहाका सहायक वन अधिकृत अमरेन्द्रप्रसाद यादवलाई सर्वसम्मत छनोट गरेको जनाएको छ ।

त्यसैगरी टे«ड युनियनको कोषाध्यक्ष पदमा जिल्ला कृषि विकास कार्यालयका कृषि अधिकृत रामअवतार यादव र दुई जना सदस्यमा जिल्ला हुलाक कार्यालयका हजारी यादव तथा जिल्ला जनस्वास्थ्य कार्यालयका कामेश्वर रोहितालाई पठाउने निर्णय गरेको मञ्चले जनाएको छ ।

गत जेठ १९ गते भएको आधिकारिक ट्रेड युनियनले निर्वाचनमा मधेसी कर्मचारी मञ्चले दुई सय १६ मत प्राप्त गरी प्रथम भएको थियो भने एक सय ५९ मतसहित नेपाल निजामती कर्मचारी सङ्गठन दोस्रो र एक सय ३१ मत प्राप्त गरी स्वतन्त्र कर्मचारी मिलन केन्द्र तेस्रो भएको थियो ।

जसअनुसार मञ्चले अध्यक्ष, कोषाध्यक्ष र दुई जना सदस्य पाउने छ भने सङ्गठनले उपाध्यक्षसहित दुई जना सदस्य तथा स्वतन्त्र कर्मचारी मिलन केन्द्रले सचिवसहित एक जना सदस्य पाउने छ । रासस