२५ कार्तिक २०८३, बुधबार

रिले अनशन छैटौँ दिनमा प्रवेश, राउतले गरे कमाण्डिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३० जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनले आज छैटौँ दिन खुलामञ्चमा रिले अनशन जारी छ ।

बिहान सात बजेदेखि सुरू भएको रिले अनशनको नेतृत्व संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउतले गर्नुभएको छ । अनशनमा नेपाल सद्भावना पार्टीकी नेतृ एवम् सांसद डिम्पल झा, अर्जुन उप्रेती, प्रदीप मण्डल, मीनराज थारु, केदार उप्रेती, कृष्ण ढुङ्गेल, सचेन्द्र यादवलगायतका नेताहरू रहेका छन् ।

संविधान पुनर्लेखनको माग गर्दै आएको गठबन्धनले एक महिने रिले अनशन थालेको छ । अनशनमा जनसमर्थन बढ्दै गएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो । ‘हाम्रो रिले अनशनमा जनसर्मथन बढ्दैछ,’ उहाँले भन्नुभयो, ‘सरकारले मागको सुनुवाई नगर्दासम्म आन्दोलन जारी राख्ने छौँ ।’

अनशनप्रति ऐक्यवद्धता जनाउन आज मधेसी वुद्धिजीवी तुलानारायण साहसहितका अगुवाहरू खुला मञ्चमा आउने कार्यक्रम रहेको रामसपाका प्रवक्ता झाले जानकारी दिनुभयो ।