९ कार्तिक २०८३, सोमबार

सम्बन्ध विच्छेद गराउनेमा धेरै श्रीमतीहरू नै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila Jhumkiकाठमाडौं, ३० जेठ । चालु आर्थिक वर्षको १० महिनामा काठमाडौं जिल्ला अदालतले सम्बन्धविच्छेदका १ हजार ६ सय ७ मुद्दा टुंग्याइदियो । अर्थात्, काठमाडौंमा मात्र दैनिक ५.३५ वटा दाम्पत्य टुंटिरहेका छन् ।

काठमाडौंमा मात्र अघिल्लो साउनदेखि गत वैशाखसम्म १ हजार ७ सय ८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ । तीमध्ये ४ सय ३८ वटा मुल्तबीमा छन् ।

पारपाचुके पाउन अदालत जानेमा महिला धेरै छन् । हरेक वर्ष यो संख्या बढिरहेको छ ।

अधिवक्ता सपना प्रधान मल्लका अनुसार कानुनले दिएको सुविधाका कारण सम्बन्धविच्छेदका घटना बढेको बताउँछिन् ।

वैदेशिक रोजगारीको बढ्दो क्रम र त्यसले निर्माण गरेको आर्थिक सम्पन्नताका साथै साक्षम र आत्म निर्भर महिलाको संख्यामा बृद्धिले पनि सम्बन्धविच्छेदका घटना बढेको उनको ठम्याई छ ।