२५ कार्तिक २०८३, बुधबार

सहमति जसमा हुन्छ, त्यसैको नेतृत्वमा राष्ट्रिय सहमति सरकारः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda1-2

धनगढी, २९ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विद्यमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको दोहोर्याउनुभएको छ ।

आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले संविधानको कार्यान्वयन, भूकम्पबाट पुगेको क्षतिको पुनःनिर्माण, थारु मधेस समस्या समाधान र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

पत्रकारहरुको प्रश्नमा उहाँले सहमति जसमा हुन्छ, त्यसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरिने बताउँदै यस्तो सरकारको नेतृत्व गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रको प्रदेश नं ७ स्तरीय भेलामा सहभागी हुन अध्यक्ष दाहालसहितका नेताहरु आज यहाँ आउनुभएको हो । रासस