२ कार्तिक २०८३, सोमबार

श्रीकृष्णको निधनमा ज्ञानेन्द्र पनि दुःखी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyannendra

काठमाडौँ, २६ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहले चलचित्र नायक श्रीकृष्ण श्रेष्ठको असमायिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँको सचिवालयले सोमबार जारी गरेको शोक वक्तव्यमा श्रेष्ठको निधनले नेपाली कलाकारिता क्षेत्रमा ठूलो क्षति पुगेको बताउँदै उहाँको आत्माको शान्तिको कामना गरिएको छ ।

करिब दुई दशकदेखि नेपाली चलचित्रको विकासमा क्रियाशील श्रेष्ठको हाडको क्यान्सर तथा निमोनियाका कारण भारतमा उपचारको क्रममा ४७ वर्षको उमेरमा निधन भएको थियो ।