
– विमल योगी
काठमाडौं, २९ जेठ । नयाँ शक्ति नेपालसँग पर्शुराम तामाङले नेतृत्व गरेको संघीय जनमुक्ति पार्टी समायोजन भएको छ ।
ललितपुरस्थित धोबीघाटमा आज आयोजित पत्रकार सम्मेलनमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संघीय जनमुक्ति पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउनु भएको हो ।
एम.एस. थापाबाट विभाजित हुनु भएका पर्शुराम तामाङले बहुमत सदस्य आफूसँग आएको दाबी गर्नुभएको छ । एम.एस. थापाले भने नयाँ शक्तिमा बिलय हुन मान्नु भएको छैन ।
थापा नेतृत्वको जनमुक्ति पार्टीले ललितपुर अलग सम्मेलन समेत गरेको छ ।
बाबुराम नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार रंगशालाबाट पार्टी घोषणा गर्दैछ । पार्टी घोषणा हुनु एकदिन अगाडि एउटा सिंगै पार्टी नयाँ शक्तिमा विलय भएपछि बाबुरामको संगठन थप बोलियो बनेको छ ।














प्रतिक्रिया