२५ कार्तिक २०८३, बुधबार

बेरोजगारी, अशिक्षा तथा गरिबीविरुद्ध नेपालीले लड्नुपर्ने बेला आयोः नेता खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jn-Khanalकाठमाडौं, २९ जेठ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब सबै नेपाली बेरोजगारी, अशिक्षा तथा गरिबीविरुद्ध लड्नुपर्ने बेला आएको बताउँदै यसका लागि समय सापेक्ष शिक्षा आवश्यक भएको धारणा राख्नु भएको छ ।

शनिवार राजधानीको जोरपाटी नारायणटारमा रहेको चामुण्डा उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै खनालले संसदबाट हालै पारित शिक्षा ऐन सकारात्मक भएपनि पर्याप्त नभएको बताउनुभयो ।

शैक्षिक योग्यताको प्रमाणपत्र पाए लगत्तै रोजगारी हासिल हुने शिक्षा आजको आवश्यकता भएको उहाँले बताउनुभयो ।

मुलुकलाई अब आदर्श नेता चाहिएको भन्दै उहाँले समय सापेक्ष शिक्षाले मात्र त्यसको परिपूर्ति गर्न सक्ने बताउनुभयो ।

नयाँ संविधान बनेपछि नेपालीहरुको सबै अधिकार सुनिश्चित भएकाले अब मुलुक नयाँ शिराबाट अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

schoolसभासद्त्रय रामेश्वर फुयाँल, शेरबहादुर तामाङ र पेम्बा लामाले शैक्षिक जनशक्ति तयार गर्न चामुण्डा उच्च माध्यमिक विद्यालयले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्नुभयो ।

सोही समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता खनालले स्वर्ण महोत्सवको अवसरमा प्रकाशित विशेष स्मारिकको विमोचन गर्नु भएको थियो भने विद्यालय स्थापना तथा संचालनमा उल्लेखनीय भूमिका खेल्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्नुभयो ।